Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजेम्सको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’

जेम्सको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’


काठमाडौँ। गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन्। उनको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’को काठमाडौँमा आयोजित एक समरोहका बीच प्रिमियर गरियो। एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने सङ्केत गरे।

इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए। ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ। त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने। उनको यो दोस्रो सर्ट फिल्म हो।

गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको जानकारी थियो। ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन। यसलाई त्यसकै सुरुआतकको रुपमा समेत बुझ्न सकिन्छ’,जेम्सले भने।
सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ। यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ। यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गर्नुभएको छ।

कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुश गरेको बताए। ‘मैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाए। म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन’, निर्देशक शल्लभले भने।
अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए। ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता प्रशान्तले भने।

विगत तीन दशकदेखि गीतसङ्गीत सक्रिय जेम्स विज्ञापनसँगै गायन र सङ्गीतकारको रुपमा स्थापित नाम हुन्। उनको गायनसँगै सङ्गीत रहेको गीतले समेत कयौँ गायक गायिकालाई स्थापित बनाएको छ। असल र इमान्दार सङ्गीतकर्मीको रुपमा परिचित जेम्स ‘किङ्ग मेकर’ रहेको गायक योगेश्वर अमात्यले बताए।

उनले भने,‘उसको गीतसंगीत जति कर्णप्रिय छ, मान्छे पनि उस्तै कर्णप्रिय र इमान्दार। उसले आफूलाई जिंगलमा मात्र सिमित नराखेर विभिन्न पाटोमा अब्बल सावित गर्यो।’

गायक अमात्य झैँ सङ्गीतकार न्हू बज्राचार्यले पनि जेम्सको प्रतिभाको चर्चा गरे। ‘उसले अहिले पनि फरक काम प्रतिको लगाव छाडेको छैन। किनकि निर्देशनमा पाईला टेक्दै छ’, संगीतकार बज्राचार्यले भने,‘हामीलाई अहिले पनि उसको कामले ऊर्जा मिल्छ। म उसको निर्देशकीय फिल्म हेर्न आतुर छु।’

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित गायक सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, निर्देशक डब्बु क्षेत्री, सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT