Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगायक र अभिनेता दुवैको भूमिकामा रहनेहरु

गायक र अभिनेता दुवैको भूमिकामा रहनेहरु


काठमाडौँ । नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात् उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् ।

गायकहरूमा अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ । यसको सुरुआत हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली चलचित्र ‘आमा’ मै देखियो ।

अभिनेता शिव शङ्कर मानन्धर अभिनेता बन्नु अगाडि स्थापित गायक थिए । रेडियो नेपालमा स्थापनाकालदेखि नै गायकको रूपमा प्रस्तुत भएका उनले ‘मनको बाँध’, ‘कुमारी’, ‘२५ वसन्त’, ‘शान्तिदीप’लगायतका चलचित्रमा सङ्गीतसमेत दिएका छन् । यद्यपि उनी ‘आमा’ पश्चात अन्य चलचित्रमा अभिनेताको रूपमा प्रस्तुत भएनन् ।

यस्तै, उदाहरण बने उदीतनारायण झा । नेपालसँगै भारतमा समेत पार्श्व गायनमा लोकप्रिय झाले ‘कुुसुमे रुमाल’ मा अभिनय गरे । यी प्रतिनिधि नाम मात्र हुन्, सङ्ख्या राम्रै छ । यसमै पर्ने गायक तथा अभिनेता कोसिस क्षेत्री कलालाई जुनै माध्यमले व्यक्त गर्दा पनि फरक नपर्ने बताउँछन् ।

“हामी कलाका विभिन्न विधामा रहेर काम गरिरहेका छौँ । यसले हामीलाई विविध क्षेत्रमा अभ्यस्तसमेत बनाउँछ”, अभिनेता क्षेत्रीले भने, “म एउटा पेसामा मात्र रहेर काम गर्नुभन्दा विभिन्न विधामा सक्रिय रहनुलाई सफलता मान्छु । यद्यपि हामी कलामै छौँ ।”

उनले चलचित्र निर्देशन, लेखन, ध्वनि मुद्रणलगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिसकेका छन् । सङ्गीतकर्मी भएर पनि उनले गायकको जीवनलाई पर्दामा ल्याउन सकेका छैनन् ।

“मलाई अलि फरक र भिन्न देखिने इच्छा थियो । यसलाई ‘परस्त्री’ले पूरा गरेको छ”, उनले भने, “अब एउटा गायकको जीवनीलाई पर्दामा ल्याउन मन छ । एउटा सङ्गीतकर्मीले निकै आरोहअवरोहको सामना गरेको हुन्छ, त्यसलाई विविध कोणबाट प्रस्तुत गर्ने इच्छा छ ।”

अभिनेताका रूपमा परिचित भुवन केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीलगायत अभिनयपछि गायक बने भने यसकुमार, बाबु बोगटी, निमा रुम्बा, रामकृष्ण ढकाल, प्रशान्त तामाङ, प्रकाश सपुत, सोनाम तोप्देन गायकका रूपमा परिचित भएपछि अभिनेता बने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘छायाँ’को म्युजिक भिडियो रिलिज

काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने

आइएनएनएफको नयाँ कार्यसमिति चयन

काठमाडौँ । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ)ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच

‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौँ । उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’

फिल्म ‘काँडेतार’को समूहद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम

काठमाडौँ । फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा

Techie IT