Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसांस्कृतिक संस्थानले सम्मान र पुरस्कार प्रदान गर्दै मनायो ५१ औँ वार्षिक उत्सब

सांस्कृतिक संस्थानले सम्मान र पुरस्कार प्रदान गर्दै मनायो ५१ औँ वार्षिक उत्सब


काठमाडौँ। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सब मनाएको छ। संस्थानले वार्षिक उत्सबको अबसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित विभिन्न श्रष्टालाई पुरस्कार समेत प्रदान गरेको छ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मँगलबारसम्पन्न वार्षिक उत्सब समारोहमा बरिष्ट गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरे। उनलाई ५१ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरियो। संस्थानको मेघा हलमा आयोजित भव्य समारोहबीच उनलाई सम्मानित गरिएको हो।

सांस्कृतिक संस्थामा महाप्रबन्धकको रुपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए।

समारोहमा सभामुख देवराज घिमिरेले समारोहमा तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरे। कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट बरिष्ट गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराईलाई पुरस्कृत गरियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट बरिष्ट नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो।

संस्थानमा रहेर लामो समय सेवा गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँ सहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो। यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशबराज राईलाई प्रदान गरियो।

वार्षिक उत्सबमा सबैलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफुले गरेको विभिन्न कार्यहरुको जानकारी गराउँदै लोक संस्कृतिको अभिलेखिकरण देखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्मको चर्चा गरे।

५१ औं वार्षिक उत्सबको शुभकामना दिँदै सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै सँरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए । मुलुकलाई सांस्कृतिक रुपमा समुन्नत बनाउन सांस्कृतिक संस्थानको निरन्तर भूमिका खेलेको बताए।
सो वार्षिक उत्सब समारोहका सभापति एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब सुरेश अधिकारीले संस्थानले ५१ औं वार्षिक उत्सबमा प्रस्तुत गरेको गायन एवम् नृत्यले उत्कृष्ट रहेको बताए। उनले संस्थानका कर्मचारीहरुलाई अन्तर खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गर्दै ५१ औं वार्षिक उत्सबको शुभकामना दिए।

सो समारोहको दोश्रो शत्रमा हिमाल देखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरियो। एक घन्टा भन्दा बढी समयको सो सांस्कृति कार्यक्रम हिमाली भेकको याक नृत्यबाट सुरु गरिएको थियो। सोही क्रममा काठमाडौं उपत्यकको नेवारी गायन तथा नृत्यमा सम्बन्धित समुदायका दर्शकले तालीले साथ दिए ।
तराईको संस्कृतिलाई समेटिएको भोजपुरी गायन तथा नृत्य र मैथिली गायन तथा झिझिया नृत्यले भोजपुरी गायन तथा होली नृत्य निकै आकर्षक थियो। कार्यक्रममा प्रस्तुत गरिएको राष्ट्रिय गीतहरु यो मन त मेरो नेपाली हो, यो नेपाली शिर उचाली, बीर नेपालीमा दर्शकले तालीले साथ दिए।

सांस्थानका बाद्यबादक कलाकारहरुले विभिन्न धुन प्रस्तुत गरेर केही क्षण दर्शकलाई मन्त्रमुग्ध तुल्याए। यस्तै अरुण भ्यालीको पूर्वेली असारे गीत तथा नृत्य, संगीनी नृत्य, खैंजेडी भजन गायन तथा नृत्य पनि रोचक थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT