Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकाठमाडौँमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

काठमाडौँमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल


काठमाडौँ। काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ। नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे। महोत्सवमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे।

महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको हो।

सोही समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पु¥याएबापत सम्मान गरियो। महोत्सब आयोजक संस्था पिम नेपालका अध्यक्ष एवम् चलचित्र निर्देशक माधवराज खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपालमा सरकारी क्षेत्रका चलचित्र सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरु हुन नसकेको अबस्थामा हामीले यस्ता महोत्सब गरेर सिनेमा उधोगलाई प्रोत्साहन गरेका छौं। महोत्सबमा प्राप्त सिनेमाहरुले बिगतमा झैं यसपटक पनि दर्शकको मन जित्नेमा हामी विश्वस्त छौं।’

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष महोन निरौलाले पिम नेपालले महोत्सब तथा विभिन्न अवार्ड मार्फत नेपाली चलचित्र तथा गीत संगीतमा दिएको योगदान प्रसँसनीय छ भने।

यस्तै महोत्सबका क्रियटिभ डिरेक्टर एवम् सञ्चारकर्मी शान्तिप्रियले उद्घाटन समारोहलाई सम्बोधन गर्दै एक दशक अघि काठमाडौँ सर्ट फिल्म फेस्टाबाट सुरु भएको फिल्म महोत्सबलाई अनुसरण गर्दै पिमले पनि आयोजना गर्दै आएको बताए। राज्यले कत्ति पनि सहयोग नगरेको अबस्थामा पनि यस्ता महोत्सबहरु आयोजकले जेनतेन सञ्चालन गर्दै आएको बताए।
पिम नेपाल फिल्म फेस्टिबलकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीले महोत्सबमा प्रदर्शन हुने सिनेमाको बारे जानकारी गराईन्।

यसपटक महोत्सबको उद्घाटन समारोहमा दिनेश राउत निर्देशित तथा प्रदीप खड्का अभिनित चलचित्र प्रकाश प्रदर्शनी गरियो। यस्तै बुधबार नै महोत्सबमा प्रकाशपछि ऐना, नेपाल भाषाको फिल्म उच्च शिक्षा र मैथली भाषाको चलचित्र फु प्रदर्शन गरियो।

शुक्रबारसम्म चल्ने यो महोत्सबमा यसपटक नेपाली, नेपालभाषा, तामाङ, मैथली, भोजपुरी गरी ढेड दर्जन लामा तथा छोटा चलचित्र र बृत्तचित्र प्रदर्शन हुँदैछन्।
जसमा बिहिबार चलचित्र डेसान, भोजपुरी चलिचत्र मधेश पुत्र, मैथली चलचित्र अछोप प्रदर्शन गरिने भएको छ। यस्तै शुक्रबार महोत्सबमा चलचित्र बगान लाखेलगायत रिलिज हुने भएको छ। अवार्ड प्रदान गर्दै महोत्सब शक्रुबार सम्पन्न हुने बताईएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT