Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रविधिले चलचित्र निर्माणमा सहजता

प्रविधिले चलचित्र निर्माणमा सहजता


काठमाडौँ । अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायत विधामा सक्रिय रुपमा काम गरिरहेका छन् । विसं २०५० चैतमा उहाँद्धारा निर्मित चलचित्र ‘ट्रक ड्राइभर’ चर्चित भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुग्नुभयो । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए ।

गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । “बेहोस भएर हलबाहिर ल्याएको दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न भित्र पस्थे । स्वास्थ्यभन्दा पनि चलचित्रको चिन्ता थियो”, निर्माता शर्माले एक अन्तरक्रियाका क्रममा स्मरण गरे, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । चलचित्र प्रर्दशन भएको ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं ।”

निर्माता शर्माले डिजिटल प्रविधिमा चलचित्र रूपान्तरण भएपछि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ निर्माण तथा निर्देशन गरे । निर्माताका रुपमा समेत रुपान्तरण महसुस गर्नुभएका शर्माले प्रविधिले दिएको सहजताको विषयमा चर्चा गरे । उनले भने, “पहिले म आफैँ कलाकार बन्ने समयमा एउटा फाइल बोकेर हिँड्थे । त्यसमा मैले अभिनय गरेको नाटकको जानकारी हुन्थ्यो । अहिले आफ्नो क्षमतालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सकिन्छ ।”

निर्माता शर्माका अनुसार प्रविधिले सहजता दिए पनि दर्शक भने कम भइरहेका छन् । पचासको दशकमा चलचित्र बन्दाबन्दै लगानी उठेको प्रशस्तै उदाहरण छन् । अहिले वर्षमा मुस्किलले दश चलचित्रले मुनाफा पाउने गरेका छन् ।

‘ऐना झ्यालको पुतली’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक सुजित विडारीले दर्शकसँग चलचित्र हेर्ने माध्यम धेरै भएको बताए । उनले भने, “विश्वभरका चलचित्र हामीले सहजै हेर्न सक्छौँ । यसले दर्शकको चलचित्र चेतनालाई बढाएको छ । त्यो चेतना हाम्रोभन्दा बाहिरको चलचित्रले दिएका कारणले पनि हामीले विश्वसनीयता गुमाइरहेका छौँ ।”

सामाजिक सञ्जालको प्रयोगले कलाकार र दर्शकको दूरी कम भएकाले चलचित्र प्रति आकर्षण घटेको निर्माता शर्माको भनाइ थियो । “पचासको दशकमा कलाकार हुन्थे । दर्शकसँग प्रत्यक्षरूपमा ५१औँ दिन वा सोभन्दा बढी भएमा मात्र भेट हुन्थ्यो । सम्पर्क हुने अन्य माध्यम नै थिएन”, उनले भने, “अहिले हाम्रो दिनचर्या र सम्पर्क सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएको छ । दर्शकमा कलाकारप्रतिको कौतुहलता नै छैन ।”

निर्देशक विडारीले नेपाली दर्शकले हास्य विधाका चलचित्र बढी रुचाइएको पाएइएता पनि त्यतिमै सीमित नभई फरक विधालाई दर्शकसम्म पु¥याउनु सर्जकको दायित्व रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT