Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा


काठमाडौँ। थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगीत सोमबार थाइल्याण्ड उडेका हुन्। करिब ४५ देशको सहभागीता रहने प्रतियोगितामा उनलाई ईभेन्ट बेटर ग्यालेक्सीले पठाएको हो। नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षिय आर्नभ श्रेष्ठ काठमाडौँ प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन्।

भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन्।
सोही प्रतियोगिताकी सहभागी ११ वर्षिय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छन्। भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन्।

त्यस्तै तेस्रो सहभागी १३ वर्षिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन्। भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन्।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ। प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्याण्ड लिएर उडेका हुन्।

प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यल.े गरेका हुन्। नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो।

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कलासंस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन्। थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT