Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘बगान’को ट्रेलर रिलिज, देशभरका एकल आमाले निःशुल्क चलचित्र हेर्न पाउने

‘बगान’को ट्रेलर रिलिज, देशभरका एकल आमाले निःशुल्क चलचित्र हेर्न पाउने


काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर निःशुल्क बगान हेर्न पाउने घोषणा गरिएको छ। यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ।

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए। उनले भने, ‘आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ। हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निःशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ।’

चलचित्र निर्देशन यात्राबारे कुरा गर्दै खनालले आफुले निर्देशनको दुस्साहस गरेको र यो निकै ठुलो काम भएको महशुस गरेको बताए। ‘ठुलो काम गर्ने तताम् निर्देशकहरुप्रति मेरो उच्च सम्मान छ। यो मेरो पहिलो काम हो तर अन्तिम भने होइन’, खनालले बताए।

चलचित्रको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने बिषयको मतभेदलाई प्रस्तुत गरिएको छ। अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छन्। यसै चलचित्रबाट रजतपटमा प्रवेश गरेकी कार्कीले अभिनयमा गजबको सम्भावना देखाएकी छन्। ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ। अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ। अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बशुन्धरा भुषाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ।

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोईराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, बरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए।

उपसभामुख रानाले ट्रेलर हेर्दै गर्दा आफ्नो छोरीको याद आएको बताइन् । आफ्नो छोरी २ बर्षकी हुँदाको समयदेखि एकल महिलाको रूपमा आफुले छोरीलाई हुर्काई बढाई अहिले २७ बर्षकी बनाएको बताउँदै रानाले आफ्नो सामाजिक संस्थामार्फत जेलमा रहेका सयौँ बालबालिकालाई आफ्ना सन्तानको रुपमा हुर्काउँदै आएको स्मरण गरिन्। माइती नेपालकी अध्यक्ष कोईरालाले चलचित्रमा एकल आमाको कथालाई देखाउन लागेकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्य रुपमा हजारौँ घरहरुमा एकल आमाहरूको वृद्धी भएको बताइन्। कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफुले एकल आमाको रूपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिईन्। उनले पहिलोपटक यो सम्मानले आफुलाई एकल आमाको रूपमा सार्वजनिक गरेको बताउँदै संघर्षका दिनहरु स्मरण गरिन्।

अभिनेत्री करिश्मा मानन्धरले आफ्नी आमाले एकल आमाको रुपमा विभिन्न जटिलता र वाधाहरुलाई झेल्दै आफुहरुलाई हुर्काएको देखेको बताइन्। आफैले आमालाई एकल आमाको रूपमा सम्मान गर्न पाउँदा भाग्यमानी भएको बताइन्। यस चलचित्रमा आफुले एकल आमाको भूमिकामार्फत सबै आमाहरुलाई सम्मान दिएको बताइन्।

नव अभिनेत्री प्रमिला कार्कीले एकल आमाहरूले दिएको प्रतिक्रियाले ुबगानुमा हामीले भन्नै पर्ने बिषय रहेको महशुस भएको बताईन्। उनले भनिन्, ूमैले चलचित्रमा अभिनय गर्दा धेरै पटक रोएँ, तर आज ट्रेलर हेर्दै गर्दा छेउमै बस्नुभएकी एकल आमा भक्कानिएर रुँदा म झनै रोएँ। कलाकारको रूपमा कसैले हामीले चलचित्रमा भनेको सन्देश महशुस गर्छ भने त्यो नै सफलता हुने रहेछ।ू

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन्। नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ। बगानको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT