Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमीरासँग पहिलोपटक भेट्दाको पल यसरी सम्झिन्छन् शाहिद

मीरासँग पहिलोपटक भेट्दाको पल यसरी सम्झिन्छन् शाहिद


एजेन्सी । शाहिद कपुर र मीरा राजपुतको विवाहको ८ वर्ष पूरा भएको छ । यो जोडीले जुलाई ७ मा आफ्नो वार्षिकोत्सव मनाए । यस अवसरमा दुवैले इन्स्टाग्राम ह्यान्डलमा निकै रोमान्टिक पोस्ट सेयर गर्दै एकअर्काको लागि भावुक पोस्ट सेयर गरेका छन् ।

शाहिदलाई शुभकामना दिँदै मीराले लेखिन्– तिमीलाई घरसम्म उज्यालो ल्याउँछु र तिमी मेरो घर हौ । ह्याप्पी ८ वेबी ।’

मीरासँगको रोमान्टिक तस्बिर सेयर गर्दै शाहिदले लेखेका छन्, ‘ताराले भरिएको आकाशको बीचमा मैले तिमीलाई मेरो मुटु दिएको छु । अगाडि बढ र मेरो हृदयलाई टुक्रा टुक्रा पारेर हेर।। तिमीले आफैलाई मेरो हृदयमा पाउनेछौ । मेरो जीवनभरको श्रीमतीलाई वार्षिकोत्सवको शुभकामना ।’

शाहिद र मीराको भेट २० वर्षको उमेरमा भएको थियो । त्यतिबेला उनी कलेजमा पढ्दै थिइन्, त्यतिबेला शाहिद ३४ वर्षका थिए । दुवैको भेट एक विवाहको समारोहमा भएको थियो ।

शाहिदले सुरुमा मीरालाई भेट्दा आफू अलि लजालु भएको बताउँछन् । केही समयपछि अभिनेताले बुझे कि मीराले आफ्नो स्टारडमको वास्ता गर्दिनन् । हालै मिड–डेलाई दिएको अन्तर्वार्तामा शाहिदले मीरासँगको पहिलो भेटको कथा सेयर गरेका छन् ।

उनले भने – ‘जब मेरो र उनको भेट भयो, मैले मीराको बारेमा पहिलो कुरा के देखेँ कि उनी २० वर्षकी थिइन्, म ३४ वर्षको थिएँ र म अलिकति लज्जित भएँ । मलाई उनी म भन्दा धेरै कान्छी लाग्यो । म प्रायः कसैलाई भेट्न र तिनीहरूसँग जोड्न पाउँदा खुसी हुन्थेँ । जब मैले मीरालाई भेटें, उनी म एक अभिनेता हुँ भन्ने कुरामा उत्साहित वा प्रभावित भइनन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

Techie IT