Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनउपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू पुग्यो ‘बगान’ टोली

उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू पुग्यो ‘बगान’ टोली


काठमाडौँ। असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरूमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ।

बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नव अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किएको थियो। शनिवार सबेरै चितवन पुगेको टोली आइतवार साँझ पोखरा हुँदै काठमाडौँ फर्किन लागेको हो।

नेपाली चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भएतापनि समयअभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताए । प्रचारयात्रामा आइतवार पोखराको पत्रकार सकेपछि निर्देशक खनालले भने, ‘मेरो चाहना नेपालका हरेक कुनाकाप्चामा पुग्नु थियो। निर्देशक पनि आफैँ भएको कारण चलचित्रको प्राविधिक काममा बढि समय दिनुपरेको कारण यो चलचित्रको लागि तीनवटा प्रमुख स्टेशनहरूमा मात्र पुग्न सकियो।’

उपत्यका बाहिर भएका पत्रकार सम्मेलनमा ुबगानुको बिषयवस्तु र हेर्नुपर्ने कारणहरूबारे चर्चा भएका छन्। शनिवार चितवनमा पत्रकार भेटघाट गर्दै निर्देशक खनालले हरेक घरका महिलाको दुःख, समस्या र त्यसको समाधान सहितको चलचित्र रहेको बताए। अभिनेत्री करिश्मा मानन्धरले‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा क्रान्ति गर्ने बताइन्। नव अभिनेत्री प्रमिला कार्कीले खनाल र मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको र ‘बगान’ आफ्नो लागि विश्वविद्यालय सावित भएको उल्लेख गरिन्।

चितवनमा गरिएको पत्रकार सम्मेलन पश्चात ‘बगान’ टिमले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेको थियो। चलचित्र हेर्न इच्छा जाहेर गर्दै मेयर दाहालले चलचित्रबारे बिशेष चासो राखेको निर्माता वाग्लेले बताए। उनका अनुसार ‘बगान’ले उठान गरेको विषयको बारेमा जानकारी लिदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई चलचित्रमार्फत समाजमा ल्याउनु पर्ने बताईन्।

शनिवार नै भएको बुटवलको सम्मेलनमा अभिनेता तथा निर्देशक खनालले आफ्नो विगतलाई सम्झना गरे। उनले ३० वर्ष अघि ‘सारंगी’ चलचित्रको प्रचारको लागि आफु बुटवल गएको सम्झना गरे। त्यहाँ खनालले ‘बगान’ले नेपाली समाजको यथार्थ चित्रण गरेको बताए। उनले हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए। अभिनेत्री मानन्धरले यो चलचित्र हरेक समाजका कुरिती र कुसंस्कृति विरुद्धको आवाज बगान भएको बताईन्। समाजमा व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको नव नायिका कार्कीले बताईन्।

पोखराको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक खनालले हाम्रो पितृसतात्मक समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको बताउँदै एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको बताए। उनले समाजमा पछाडी परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित चलचित्र निर्माण गरिएको जनाए। ‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको। एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ। एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ। उनीहरुका पनि आफ्ना समस्या छन्। जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ।’, उनले भने। अभिनेत्री मानन्धरले ‘बगान’ आफ्नो लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरिन्। यो चलचित्र समाजको ऐना भएको उनले समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी चलचित्र निर्माण भएको बताईन्।

काठमाडौँ बाहिरका दर्शक र सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा समेत भ्रमण गरेको निर्माता सुरेश वाग्लेले बताए। उपत्यका बाहिरका पत्रकार भेटघाटमा एकल आमाले निशुल्क हेर्न पाउने बिषयमा पनि चर्चा भएको छ। यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निःशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ। यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन्। नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT