Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘बगान’को प्रिमियर सम्पन्न

चलचित्र ‘बगान’को प्रिमियर सम्पन्न


काठमाडौँ। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र बगानको काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ। बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो।

चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे। सँधै चुलबुले भूमिकामा अभिनयमा देखिने करिश्मा मानन्धरले गम्भीर भूमिकामा अभिनय गरेको अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको छ।

चलचित्र हेरिसकेपछि छोरी सानो हुँदा उसले ‘बजारमा बुवा किन्न जाम न’ भन्ने गरेको सम्झना गर्दै उपसभामुख इन्दिरा रानाले त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले ‘बगान’बाट धेरै कुरा सिक्न सक्ने बताईन्। एकल आमा उनले चलचित्रमा छोरीले आमाको लागी जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताईन्।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिईन्। ‘यस्तो प्रकारको बिषयवस्तु उठाउनलाई ठुलै मुटु चाहिन्छ। सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ,’ निरौलाले बताईन्। उनले अभिनेत्री मानन्धरले आफुलाई अब्बल नै हुँ भनेर प्रमाणित गरेको जनाईन्। उनले ‘बगान’का प्रत्येक संवादका शब्द शब्दले मुटु छोएको बताईन्।

अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाइ यो चलचित्रले रुवाएको बताए। ‘म पुरुष हुँ, कम रुन्छु। म यत्तिकै पक्कै रोईन होला। बगान हेर्दा तपाईंको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन’, उनले प्रतिक्रिया दिए। उनले कथा, निर्देशन र सबैको अभिनय पक्षको प्रशंसा गरे। ‘सरोज खनाल जस्तो राम्रो कलाकार हो, उस्तै राम्रो चलचित्र बनाउनु भएको छ। सबै कलाकारले अब्बल काम गरेका छन्। यो चलचित्रले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने छ। हामी सबैले खुशी भएर बाँच्न पाउनुपर्छ भन्ने धारणा सहित यो चलचित्र बनेको छ। समाजमा पुरुषको साथबीना परिवर्तन सम्भव छैन, चलचित्रमा त्यो साथ देखाईएको छ’, उप्रेतीले भने।

गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे। उनिहरुले समाजमा एकल आमाले बाँच्न पाउने अधिकार भएको तर निकै चुनौती रहेको बताउँदै चलचित्रले त्यसलाई उजागर गरेकोमा प्रसन्न देखिए। पत्रकार बबिता बस्नेतले नेपाली चलचित्रको क्षेत्रमा ‘बगान’ले फरक धार स्थापित गरेको बताईन्। कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एकल आमाले कति चाहनाहरुलाई हत्या गर्दै जीवन चलाईरहेको हुन्छ, त्यस्तो होइन हरेक महिलाले खुशी हुन पाउनु पर्छ भन्ने भावना बोकेको जनाईन्।

निर्देशकद्वय ज्ञानेन्द्र देउजा र नरेश पौडेलले यो चलचित्रले गहन बिषयको उठान गरेको बताए। समाजलाई नयाँ मोड दिन सक्ने यो चलचित्रलाई राज्यले पनि साथ दिनुपर्ने बताउँदै पुरुष निर्देशकले महिलाको कथालाई समाज परिवर्तन हुनुपर्‍यो भन्ने उद्देश्यसहित बनाएकोमा निकै खुशी लागेको उनिहरुले बताए। निर्देशक शोभित बस्नेतले यो चलचित्र पूर्ण पारिवारिक रहेको बताउँदै करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए।

अभिनेता कृष्ण मल्लले ुबगानुले हाम्रो समाजमा परिवर्तनको लहर दिन सफल भएको बताउँदै चलचित्रको सबै पक्षको प्रशंसा गरे। अभिनेता तथा निर्माता अशोक शर्माले बिषयवस्तु अत्यन्त मजबुत रहेको प्रतिक्रिया दिँदै दर्शकले हेरेर सार्थक बनाउनुपर्ने जिकिर गरे। निर्देशक दिनेश डिसीले यो चलचित्रले सोच्न बाध्य बनाउने बताए। उनले चलचित्र हेर्दा आफु पटक पटक रोएको बताए। लेखक विकास सुवेदीले यस प्रकारको चलचित्र दर्शकलाई मन पर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT