Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने

‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने


काठमाडौँ। चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ।

चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ। निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौतासँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो। यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ। डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको छ। केहि समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र चलचित्रहरु खरिद गर्ने बताएको छ।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन्। चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए। ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए। विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन्। चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्री भईसकेको निर्माण टिमले बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै

परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान…

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

Techie IT