Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यगेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन


सुदूरपश्चिम । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यहाँ स्वस्फूर्तरुपमा शैक्षिक संस्था, बजार, व्यवसाय पनि बन्द गरिएको छ ।

“बिहानैदेखि छोटो तथा लामो दूरीको यातायात बन्द छ । बजार पनि आंशिक बन्द छन्”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, “बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।” बन्दले कञ्चनपुरबाट बाहिर जिल्ला जाने समस्यामा परेका छन् ।

सरकारले गत २९ माघमा मन्त्रिपरिषद्को बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यही जेठ १५ मा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएपछि सुदूरपश्चिममा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले बजेटमा गेटालाई विश्वविद्यालय बनाउने निर्णय उपेक्षा गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।

“मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय ग¥यो नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा आएन”, उनले भने, “यहाँ अर्बौंका भवन बनेका छन्, अब सुदूरपश्चिमलाई ठग्न पाइँदैन ।” उनले सरकारले यथाशीघ्र विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थपिए ४१६ जना डेंगु संक्रमित

काठमाडौँ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५

हैजा संक्रमितको संख्या ५० पुग्यो

काठमाडौँ । सन् २०२४ को जुलाई १९ यता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगष्ट १२ सम्म पाँच जिल्लाका

स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन्

हैजा संक्रमितको संख्या बढ्दो

काठमाडौँ । नेपालमा पछिल्लो समय हैजा संक्रमितको संख्या बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको

बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य गर्न प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो देखाएका छन् ।

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ

Techie IT