Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व स्वास्थ्य संगठन प्रमुखको चेतावनीः अब ‘कोरोनाभन्दा ठूलो र घातक महामारी’ आउन सक्छ

विश्व स्वास्थ्य संगठन प्रमुखको चेतावनीः अब ‘कोरोनाभन्दा ठूलो र घातक महामारी’ आउन सक्छ


एजेन्सी । कोरोना भाइरसको प्राणघातक प्रकोपबाट विश्व लगभग निको भइसकेको भएपनि अहिले त्योभन्दा ठूलो र घातक महामारीले दस्तक दिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्लुएचओले सबै देशहरूलाई अर्को महामारीको लागि तयारी गर्न चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले यो कोरोना भाइरसभन्दा ‘धेरै घातक’ हुनसक्ने चेतावनी दिएका छन् ।

विभिन्न कारणले प्राणघातक महामारीको खतरा रहेको उनले बताए ।

उनले कोरोनाभन्दा घातक मानिने यो महामारीको नाम के हो भन्ने बताएनन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार कोभिड १९ महामारीको अब सार्वजनिक स्वास्थ्य आपतकालिन छैन ।

डाउनग्रेड अर्थात् यो अब विश्वव्यापी स्वास्थ्य खतरा रहेको छैन ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले रोग र मृत्युको नयाँ बृद्धि हुने र अझ घातक सम्भाव्यता भएको अर्को रोगजनकको उत्पत्ति हुने खतरा भने बाँकी रहेको बताए ।

उनले भने,‘कोभिड–१९ अब विश्वव्यापी जनस्वास्थ्य आपतकालिन नहुन सक्छ, देशहरूले अझै पनि रोगप्रति आफ्नो प्रतिक्रियालाई बलियो बनाउनुपर्छ र भविष्यका महामारी र अन्य खतराहरूको लागि तयारी गर्नुपर्छ। अर्को महामारी आउँदा, त्यहाँ निर्णायक र सामूहिक प्रतिक्रिया हुन सक्छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT