गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा !शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा ! नेपाली पत्र शनिबार, २०८० साउन १३ गते, १०:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या अझै सकिएको छैन । चुनावी सम्भावनाको बीचमा उनीमाथि अयोग्य ठहराउने प्रयासहरु भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । सेहबाज सरिफ सरकारले इमरानलाई कारवाही गर्न अर्को षड्यन्त्र सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानी संसदको माथिल्लो सदनले बिहीबार सेना ऐन १९५२ मा संशोधन गर्ने निर्णय गरेको छ ।यो संशोधन अन्तर्गत पाकिस्तानको सुरक्षा र सेनासँग सम्बन्धित अनाधिकृत जानकारी खुलासा गर्ने व्यक्तिलाई पाँच वर्षको कारावास र संलग्न व्यक्तिको राजनीतिक गतिविधिमा दुई वर्षसम्म प्रतिबन्ध लगाउन सकिनेछ।आर्मी एक्टमा यो संशोधन यस्तो समयमा गरिएको हो, जब पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सिफर प्रकरणमा फसेका छन् । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरानको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आधिकारिक गुप्तचर खुलासा गरेको विषयमा अनुसन्धान गरिरहेको छ। यो मुद्दालाई पाकिस्तानको करिडोरमा सामान्यतया ‘साइफर केस’ भनेर चिनिन्छ। #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित २ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal