गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शनबङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन नेपाली पत्र शनिबार, २०८० साउन १३ गते, १४:२८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन्भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् । केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यास र रबरका गोली प्रहार गरिएको बताएका छन् । ढाका शहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । #विशाल विरोध प्रदर्शनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ४ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ५ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ६ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ७ टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा अर्को रिट दायरThe Film Nepal