Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफ्रिकी नेताहरूद्वारा नाइजरमाथि प्रतिबन्ध लगाउने तयारी

अफ्रिकी नेताहरूद्वारा नाइजरमाथि प्रतिबन्ध लगाउने तयारी


एजेन्सी । पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी गरेका छन् ।

गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमाने टियानीले गरेपछि हुन लागेको पश्चिम अफ्रिकी नेताहरूको असाधारण शिखर सम्मेलनले नाइजरमा लोकतन्त्र बहालीका निम्ति नेजामेविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेका हुन् । साहेल क्षेत्रमा भएको सैन्य विद्रोहका विरुद्ध रहेका उनीहरूले प्रतिबन्धको घोषणा गर्ने सम्भावना बढेको गएको बताइएको छ ।

लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहीहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । उसले नाइजरलाई प्रदान गरिने सुरक्षा र आर्थिक सहयोग निलम्बन भएको घोषणा पनि गरेको छ । त्यसैगरी युरोपेली सङ्घले पनि सबैखाले सहयोग रोकिएको बताएको छ । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ । अफ्रिकी सङ्घले दुई साताभित्र संवैधानिक सरकार बहाल गर्न नाइजरका जनरलसँग माग गरेको छ । पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायले पनि त्यस्तै गर्ने विश्वास गरिएको छ ।

उक्त समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताउनुभएको छ । नाइजरमाथि प्रतिबन्ध लगाउने अधिकार उक्त समुदायमा निहित छ । पन्ध्र सदस्यीय समुदायको नाइजर पनि एक सदस्य हो ।

आइतवारको अबुजामा समुदायको बैठक हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्रपति टिनुबुसँगको टेलिफोन वार्तामा त्यहाँ संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न राष्ट्रपति टिनुबुको निरन्तर प्रयासमा अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

नाइजरका छिमेकी माली र बुर्किना फासोले २०२० यता दुईवटा असफल सैन्य विद्रोह झेलिसकेका छन् । इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बन्धित जिहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएकोमा दुवै देशका नागरिक क्रुद्ध भएका छन् ।

जनरल टियानीले पनि जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

अफ्रिकी सङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

Techie IT