Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड


एजेन्सी । जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आवद्ध विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डल राज्यको राजधानी इम्फाल आएको छ ।

विपक्षी गठबन्धनमा आबद्ध २१ सदस्यीय प्रतिनिधिमण्डलले आज मणिपुरका गभर्नर अनुसुया उइकेलाई राजभवनमा भेटेर राज्यमा शान्ति स्थापना गर्न राज्यपाललाई अनुरोध गर्ने भएको छ । प्रतिनिधिमण्डलले राज्यमा शान्तिसुव्यवस्था कायम विशेष प्रयास गर्नुपर्नेमा जोड दिँदै राज्यपाललाई ज्ञापनपत्र पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता दलका सांसद मनोज झाले बताएका छन् ।

जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आग्रह गर्न तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राज्यको वास्तविक वस्तुस्थितिबारे जानकारी गराउन राज्यपाललाई अनुरोध गर्ने उनले बताए ।

जातीय हिंसाबाट विस्थापित भएका मानिस राखिएका चार वटा शिविरको भ्रमणपछि पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलका सदस्यहरुले केन्द्रसँग छलफल गरी शान्ति स्थापनाका लागि सुझाव र सल्लाह दिन तयार रहेको बताए ।

द्वन्द्वग्रस्त राज्यमा यस्तै टोली नपठाएकोमा भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारको आलोचना गर्दै विपक्षी नेताहरूले आह्वान गरेको खण्डमा आफूहरू खुशीसाथ प्रधानमन्त्री नरेन्द्र मोदीका सर्वदलीय प्रतिनिधिमण्डलमा सामेल हुने विपक्षी सांसदले बताए । मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा उनीहरूको जोड छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

एजेन्सी । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।

गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या

एजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनाकेको हत्या

भारत र क्यानडाबीच तनाव उत्कर्षमा ! जी-२० शिखर सम्मेलनमा पनि…

एजेन्सी । क्यानडा र भारतबीचको विवाद बुधबार थप चर्किएको छ । भारतले क्यानडामा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्दा

जापानी वाणिज्य दूतावासका अधिकारीकी श्रीमतीको ब्याग चोरी भएपछि…

एजेन्सी । भारतको मुम्बईस्थित जापानी वाणिज्य दूतावासका एकजना वरिष्ठ अधिकारीकी श्रीमतीलाई मंगलबार साँझ एक चोरले निशाना बनाए । उनको ११

इरानः हिजाब लगाउन नमान्ने महिलालाई कडा कारबाही गरिने

एजेन्सी । इरानमा महिलाहरू हिजाब लगाउनु पर्ने आवश्यकताको विरुद्ध लामो समयदेखि लड्दै आएका छन्। हिजाब नलगाउने आफ्नो माग पूरा गर्न

इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिए

काठमाडौँ। इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन्। अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना

Techie IT