Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबारुद गोदाममा विस्फोट हुँदा १० जनाको मृत्यु

बारुद गोदाममा विस्फोट हुँदा १० जनाको मृत्यु


एजेन्सी । दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् । अनुमति बिना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ ।

शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“हामीले १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौँ जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डिएनए परीक्षणलागि सम्बन्धित निकायमा पठाइएको छ,” नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन् ।

नरथिवाटका प्रहरी कमाण्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विष्फोट हुनुभन्दा केही समयअघि वारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन् । गोदामको एक हजार किलो बारुद विष्फोट भएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

४५ वर्षीय मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित

एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक

एजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

एजेन्सी । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

एजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द

नेटो महासचिवले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटे

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिएको छैन । रुसको घातक हमलाको बीचमा युक्रेनले पनि कडा जवाफ दिन थालेको छ

‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा…

एजेन्सी । इमरान खानको समस्या कम हुने संकेत देखिएको छैन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यतिबेला जेलमा छन् । उनी

Techie IT