Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा गुडिरहेको रेलमा गोली चल्दा चार जनाको मृत्यु

भारतमा गुडिरहेको रेलमा गोली चल्दा चार जनाको मृत्यु


एजेन्सी । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जयपुर–मुम्बई एक्सप्रेस (१२९५६) मा सवार रेलवे सुरक्षा बल (आरपीएफ)का कन्स्टेबलले आफ्नो स्वचालित राइफलका साथ एक साथी सहायक उपनिरीक्षक (एएसआई)लाई गोली हाने । त्यसपछि दोस्रो डिब्बामा गएर ३ जना यात्रुलाई पनि गोली हाने ।

दुर्घटना हुँदा ट्रेन गुजरातबाट महाराष्ट्र जाँदै थियो । पालघर रेलवे स्टेशन नजिकै ट्रेनको कोच बी५ मा गोलीबारी भएको थियो । जवानलाई राइफलसहित पक्राउ गरिएको छ ।

आरपीएफका अनुसार घटना बिहान करिब ५:२३ बजे(भारतीय समय) भएको हो । अभियुक्त हवल्दार चेतनकुमार चौधरी र एएसआई टिकाराम मीणा एस्कर्ट ड्युटीमा थिए । चेतनले टीकाराममाथि गोली हानेपछि थप ३ जना यात्रुलाई गोली हाने ।

त्यसपछि उनी दहिसर स्टेशन नजिकै रेलबाट ओर्लेर भागेका थिए । पक्राउपछि जवानलाई सोधपुछका लागि बोरिवली प्रहरी चौकीमा लगिएको छ । गोली चलाउनुको कारण छानबिनपछि पत्ता लाग्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

Techie IT