Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रेलमा रेलवे सुरक्षा बलका एक जवानले गोली चलाउँदा चार जनाको मृत्यु

रेलमा रेलवे सुरक्षा बलका एक जवानले गोली चलाउँदा चार जनाको मृत्यु


एजेन्सी । भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।

पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी हवल्दारलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपीएफका अधिकारीहरूले बताएका छन् ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५ः२३ मा बी ५ कोचमा गोली चलेको खबर आएको थियो ।

अनुरक्षण ९एस्कर्ट० सेवामा खटिएका सीटी चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ । रेल बीभीआईमा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारी अनुसार, असर्ईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी असईलाई प्रहरीले समातेको छ र डीसीपी नर्थ गभर्नमेन्ट रेलवे प्रहरीलाई खबर गरिएको छ भने यसबारे थप विस्तृत रिपोर्ट अनुसन्धानपछि जानकारी गराइनेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT