Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसधैँ मागेर निर्वाह हुँदैनः पाकिस्तानी सेना प्रमुख

सधैँ मागेर निर्वाह हुँदैनः पाकिस्तानी सेना प्रमुख


एजेन्सी । पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको बताएका छन् । साथै उनले सधै मागेर निर्वाह नहुने बताएका छन् ।

पाकिस्तानको सर्वकालीन मित्र चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाई सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०बाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ ।

सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिकको देश हो अब हामीले ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्छ भने । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उनले भिक्षा माग्ने कचौरा फाल्नुपर्ने बताएका हुन् ।

सुरक्षा र अर्थतन्त्र एकअर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उनले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताए । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै कृषि क्रान्ति अपरिहार्य भएको उनको कथन थियो ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिनुभएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ । आईएमएफबाट पनि पर्याप्त रकम ऋणस्वरुप प्राप्त हुँदैछ । नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ ।

यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छभने चीनसँगको २।०७ अर्ब अमेरिकी डलर छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

Techie IT