Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय१४० वर्षपछि वेइजिङमा भीषण वर्षा

१४० वर्षपछि वेइजिङमा भीषण वर्षा


एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खालिस्तानको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध एनआईएको ठूलो…

एजेन्सी । क्यानडामा खालिस्तानीको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध भारतमा  ठूलो कारबाही गरिएको छ । पन्नुको सम्पत्ति जफत

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित

युक्रेनलाई सहयोग गर्दै गर्दा पश्चिमी र युरोपेली देशको भण्डार खाली…

एजेन्सी । १८ महिनाभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्धले पश्चिमा राष्ट्रहरूको मनोबल क्रमशः भत्किँदै गएको छ । युक्रेनलाई सहयोग गर्दै

भारतको एक निर्णयले क्यानडाको ‘एजुकेशन इकोसिस्टम’ हल्लिनसक्ने !

एजेन्सी । भारत-क्यानडा विवाद दिनप्रतिदिन चर्को बन्दै गएको छ । तर, भारत र क्यानडाबीच ठुलो आर्थिक कारोबार हुँदै आइरहेको छ

चीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’: निक्की हेली

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार बन्ने दावेदार निक्की हेलीले चीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’ भएको बताएकी

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

एजेन्सी । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।

Techie IT