Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मेक्सिकोमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु


एजेन्सी । मेक्सिकोमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । बसमा ६ भारतीयसहित ४० यात्रु सवार थिए । यस घटनामा अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । बस खाडलमा खसेको मिडिया रिपोर्टमा उल्लेख छ ।

नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको बताइएको छ । मृत्यु हुनेमा १४ जना वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

बस राज्यको राजधानीबाहिर राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले

Techie IT