Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियके डोनाल्ड ट्रम्प फेरि राष्ट्रपतिका लागि उम्मेदवार बन्न सक्छन् ?

के डोनाल्ड ट्रम्प फेरि राष्ट्रपतिका लागि उम्मेदवार बन्न सक्छन् ?


एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्न खोजेको आरोपको सामना गर्दै बिहीबार अदालतमा हाजिर भएका थिए ।

डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन्, यस मामिलामा अब अगस्ट २८ मा यो मुद्दाको टुंगो लाग्नेछ ।

अब प्रश्न उठ्छ कि यदि डोनाल्ड ट्रम्प दोषी प्रमाणित भएमा उनी राष्ट्रपतिको चुनाव लड्न सक्षम हुनेछन् वा रिपब्लिकन पार्टीको उम्मेदवार बन्नु अघि नै दौडबाट बाहिरिनेछन्।

बिहीबार डोनाल्ड ट्रम्प न्यु जर्सीको अदालतमा हाजिर भएका थिए, जहाँ उनले आफूलाई निर्दोष घोषणा गरेका थिए। डोनाल्ड ट्रम्प नोभेम्बर २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा रोक्न र परिवर्तन गर्न खोजेको आरोपमा उनीमाथि मुद्धा चलिरहेको छ ।

उक्त चुनावमा डेमोक्र्याटका जो बाइडेनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए, त्यसपछि कतिपय ठाउँमा ट्रम्पले गलत मतगणनाको आरोप लगाएका थिए र अवरोध खडा गरेका थिए।

डोनाल्ड ट्रम्पको यो मुद्दाको सुनुवाई भारतीय मूलका अमेरिकी न्यायाधीश मोक्सिला उपाध्यायले गरिरहेकी छिन् । ७७ वर्षीय डोनाल्ड ट्रम्प विगत केही महिनादेखि अदालत धाइरहेका छन् । केही समयअघि उनी एक मुद्दामा पक्राउ पनि परेका थिए, तर पछि जमानतमा छुटेका थिए ।

डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् र त्यसका लागि उनले आफ्नो अभियान पनि सुरु गरेका छन् । विशेष कुरा के छ भने डोनाल्ड ट्रम्पले अगस्ट २८ मा अदालतमा हाजिर हुनुपर्नेछ र त्यसअघि रिपब्लिकन पार्टीको उम्मेदवारीका लागि बहसको प्रक्रिया पनि सुरु हुनेछ ।

डोनाल्ड ट्रम्पको मुद्दामा सुनुवाइ सुरु भइसकेकाले उनले चुनावी प्रचार गर्न नपाउने भन्ने प्रश्न उठेको छ । मुद्दाको सुनुवाइ हुँदा पनि व्यक्तिले चुनाव लड्न र प्रचार गर्न सक्छ । तर, उनले पहिले पार्टी स्तरमा उम्मेदवारीको लडाइँ जित्नुपर्नेछ, जसका लागि यही महिनादेखि बहस सुरु हुनेछ ।

कुनै मुद्दाको सुनुवाइका लागि लामो समय कुर्नु पर्ने अवस्था अमेरिकामा प्रायः देखिएको छ । विज्ञहरूले पनि यस विषयमा छिटो सुनुवाइ हुने आशा कमै गरेका छन्, यस्तो अवस्थामा यी विषय डोनाल्ड ट्रम्पका लागि राष्ट्रपति चुनावमा बाधा बन्नेछैन । अर्थात् आगामी वर्ष हुने निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए उनी राष्ट्रपति बन्न सक्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT