Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, निवासबाट पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, निवासबाट पक्राउ


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानी टिभी च्यानल जियो न्यूजले यसबारे जानकारी दिएको हो ।

समाचारका अनुसार जिल्ला सत्र अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई यस मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको हो ।

इस्लामाबाद प्रहरीले इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको फैसला लगत्तै इमरान खान लाहोरस्थित उनको निवासबाट पक्राउ परेको बताइएको छ ।

अदालतले उनलाई यस मुद्दामा भ्रष्ट ठहर गर्दै बेइमान ठहर गरेको छ । अदालतले यो आदेश दिएलगत्तै प्रहरीले लाहोरको जमान पार्कमा रहेको इमरान खानको घर घेरा हालेको थियो ।

उनको घर जाने सबै बाटो अवरुद्ध थियो। तत्कालै प्रहरीले इमरान खानलाई पक्राउ गरी जेल तर्फ कैयौं सवारी साधनको लस्करमा लगेको थियो । इमरान खानलाई लाहोरको लखपत जेलमा लगिएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT