Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबेपत्ता अमेरिकी सैनिक उत्तर कोरियाको जेलमा !

बेपत्ता अमेरिकी सैनिक उत्तर कोरियाको जेलमा !


एजेन्सी । वर्षौंदेखि बेपत्ता रहेका अमेरिकी सैनिक अन्ततः फेला परेको मिडिया रिपोर्टमा उल्लेख छ । उत्तर कोरियाले नै बेपत्ता अमेरिकी सैनिकको ठेगाना दिएको छ ।

उत्तर कोरियाले बुधबार पहिलो पटक आधिकारिक रूपमा पुष्टि गर्दै गत महिना आफ्नो देशमा लुकेका अमेरिकी सैनिक ट्राभिस किङलाई हिरासतमा लिएको जनाएको हो ।

उत्तर कोरियाले आफ्नो प्रोपागाण्डा डिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै सैनिकले अमेरिकाको आलोचना गरेको बताएको छ ।

एक विज्ञले उत्तर कोरियाको घोषणालाई शत प्रतिशत यसको प्रचार भएको बताएका छन्।

उत्तर कोरियाले गत महिना कडा सुरक्षा गरिएको सीमा पार गरेर उत्तर कोरियामा प्रवेश गरेका एक अमेरिकी सैनिकले आफ्नो देशको समाजमा रहेको असमानता र आफ्नो सेनामा जातीय भेदभावबाट निराश भएर यस्तो गरेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ।

दक्षिण कोरियामा तैनाथ रहेका ट्राभिस किङ जुलाई १८ मा सीमावर्ती गाउँको भ्रमणका क्रममा उत्तर कोरिया प्रवेश गरेका थिए ।

उनी झण्डै पाँच वर्षमा उत्तर कोरियामा हिरासतमा पर्ने पहिलो अमेरिकी बनेका छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT