Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिनविरुद्ध विद्रोह गर्ने येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु

पुटिनविरुद्ध विद्रोह गर्ने येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु


एजेन्सी । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको हो ।

रसियामा हालै राष्ट्रपति पुटिनविरुद्ध भएको विद्रोहपछि प्रिगोजिनलाई देश निकाला गरिएको थियो ।

जुनमा पुटिन विरुद्धको असफल विद्रोहपछि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको हत्याको बारेमा अनुमान गरिएको थियो।

रुसको छिमेकी देश बेलारुसले प्रिगोजिनलाई शरण दिने कुरा गरेको थियो ।

विमान दुर्घटनामा १० जनाको मृत्यु बताइएको छ । विमान राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको थियो । वाग्नर प्रमुख प्रिगोगिन पनि जहाजमा रहेका थिए ।

यसैबीच, बागनर समूहले यस दुर्घटनामा प्रिगोगिनको मृत्यु भएको पुष्टि गरेको छ।

वाग्नर समूहले एक आधिकारिक विज्ञप्ति जारी गर्दै रुसी गद्दारहरूको कारणले रुसी नायक र वाग्नर प्रमुख इभजेनी प्रिगोगिनको हत्या भएको बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT