रुसमाथि युक्रेनको ठूलो हमला…विमानस्थलमा २० ड्रोन आक्रमण
एजेन्सी । रुस र युक्रेनबीच चलिरहेको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । बुधबार राति युक्रेनले रुसमाथि हालसम्मकै सबैभन्दा ठूलो हमला गरेको बताइएको छ। युक्रेनले एकैसाथ रुसका ६ वटा क्षेत्रमा ड्रोनबाट आक्रमण गरेको छ ।
मस्कोतर्फ गइरहेको ड्रोनलाई रुसी वायु सुरक्षाले खसालेको थियो तर रुसको पेस्कोभ एयरफिल्डमा आक्रमणमा युक्रेनले ठूलो सफलता पाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
युक्रेनले पेस्कोभ विमानस्थलमा २० ड्रोनबाट आक्रमण गरेको बताइएको छ। युक्रेनी आक्रमणमा चार रूसी सैन्य विमान नष्ट भएको मिडिया रिपोर्टमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार ड्रोन आक्रमणमा एयरफिल्डमा रहेको एउटा तेल ट्याङ्करमा पनि आगो लागेको छ।
आक्रमणपछि पेस्कोभ विमानस्थल सैन्य प्रयोगका लागि बन्द गर्नुपरेको छ ।
रुसले गरेको अनुसन्धानका अनुसार पेस्कोभ एयरफिल्डमा आक्रमण गर्न बेलायती गुप्तचर एजेन्सी एमआई६ ले युक्रेनलाई सहयोग गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित
एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा
एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा