Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियलिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि

लिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि


एजेन्सी । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा ६ हजारभन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । १० हजारभन्दा बढी मानिस हराइरहेका छन्।

आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो।

विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ शव सामूहिक चिहानमा गाडिएका छन्। नेपाल र लिबियाबिच सन् १९७५ देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

युद्धग्रस्त मुलुक भएकाले पनि संयुक्त राष्ट्रसङ्घमार्फत लिबियामा नेपालका २३५ जना शान्ति सैनिक कार्यरत रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनले नेपाली शान्ति सैनिक टोली समुद्रमा हेलिएको बस्तीभन्दा करिब ११२ किलोमिटर पर रहेकाले सकुशल रहेको जानकारी दिए। उनले भने, “नेपाली शान्ति सैनिकको टोली सुरक्षित छ र आफ्नो काम गरिरहेको छ।”

नेपालबाट वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा लिबियामा काम गर्न पुग्ने र युरोप जान समुद्रको बाटो हुँदै जाँदा त्यहाँ केही समय बस्ने भएकाले त्यसको यकिन तथ्याङ्क भने छैन। वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले सरकारले लिबियालाई रोजगारमा जान निषेधित गरेको देशमध्ये रहेको जानकारी दिए।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र रेड क्रिसेन्ट सोसाइटीको टोली उद्धार र उपचारका लागि खटिएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आँधीले निम्त्याएको विपत्पछि लिबियामा हजारौँ मानिस प्रभावित भएको बताए। समुद्र नजिकको बस्तीमा एक लाखभन्दा बढीको जनसङ्ख्या रहेको अनुमान छ। अस्पताल, सञ्चार, विद्युत् र यातायातबाट विच्छेद भएको बस्ती त्यहाँ काम गर्ने सहायता समूहले सम्हाल्न नसक्ने अवस्थामा रहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता मार्गरेट ह्यारिसले लिबियामा आपत्कालीन अवस्था आएको बताउँदै त्यहाँ १८ लाख मानिस प्रभावित बनेको संयुक्त राष्ट्रसङ्घलाई जानकारी दिए। विश्वका ४० भन्दा बढी देशबाट युरोप जाने ट्रान्जिट देश भएकाले थुप्रै आप्रवासी विपत्मा परेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसङ्घीय आप्रवासी सङ्गठनले गरेको छ। एजेन्सीका अनुसार त्यहाँ ६० हजारभन्दा बढी आप्रवासी रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिक्किममा बादल फाट्दा टिष्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता

एजेन्सी । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । डिफेन्स पीआरओका अनुसार मंगलबार

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

एजेन्सी । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी

चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई

एजेन्सी । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

एजेन्सी । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

एजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका

Techie IT