Techie IT
२०८३ असोज २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए

पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए


एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको मिति घोषणा भएको छ । राष्ट्रपति डा आरिफ अल्वीले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आम निर्वाचनको मितिबारे सल्लाह दिँदै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

रिपोर्टका अनुसार राष्ट्रपति अल्वीले पाकिस्तानको निर्वाचन आयोगलाई नोभेम्बर ६ मा आम चुनाव गराउने मिति प्रस्ताव गरेका छन्।

पाकिस्तानको निर्वाचन आयोग राष्ट्रपति डा आरिफ अल्वीको पत्रमा दिएको सल्लाह पालना गर्न बाध्य नभएको बताइएको छ ।

गत अगस्टमा राष्ट्रिय सभा विघटन भएको थियो । संसद विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्नेछ । पाकिस्तानी राष्ट्रपतिले राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र देशमा निर्वाचन गरिनुपर्ने बताएका छन् । हाल कुनै समयसीमा घोषणा गरिएको छैन तर यसअघि जनवरीमा निर्वाचन हुने अपेक्षा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT