Techie IT
२०८१ चैत्र १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनलाई सहयोग गर्दै गर्दा पश्चिमी र युरोपेली देशको भण्डार खाली हुन थालेपछि…

युक्रेनलाई सहयोग गर्दै गर्दा पश्चिमी र युरोपेली देशको भण्डार खाली हुन थालेपछि…


एजेन्सी । १८ महिनाभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्धले पश्चिमा राष्ट्रहरूको मनोबल क्रमशः भत्किँदै गएको छ । युक्रेनलाई सहयोग गर्दै गर्दा पश्चिमी र युरोपेली देशको भण्डार खाली हुन थालेको छ । साथै, यसप्रति उनीहरूको चासो पनि घट्न थालेको छ । रुसलाई  जित्न सजिलो छैन भनेर पश्चिमी देशहरूले पनि बुझेका छन् । आखिर, उनीहरुले कहिलेसम्म युक्रेनलाई सहयोग गरिरहन्छन् ?

उता फेरि युक्रेनमा हतियार र गोला बारुदको अभाव भएको छ।

हालसम्म आधाभन्दा बढी समय युक्रेनलाई रक्षा प्याकेज दिएको अमेरिका एक मात्र देश हो । तर, यो एक्लैले काम गर्दैन। त्यसैले रुसविरुद्धको युद्धलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीले फेरि पश्चिमा मुलुकबाट समर्थन जुटाउन थालेका छन् ।

जेलेन्स्कीले शुक्रबार क्यानडाको संसदलाई सम्बोधन गरे र रुसको आक्रमणको बिरूद्ध अधिक पश्चिमी समर्थन जुटाउने अभियान सुरु गरेका छन् ।

यसअघि उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र सांसदहरूसँग वासिङ्टनमा भेटवार्ता गरेका थिए । त्यसपछि त्यहाँबाट जेलेन्स्की बिहीबार राति क्यानडाको राजधानी उडेका थिए।

क्यानडा जानुअघि उनले बुधबार संयुक्त राष्ट्र संघको वार्षिक बैठकलाई पनि सम्बोधन गरेका थिए ।

त्यहाँ पनि जेलेन्स्कीले पश्चिमी र युरोपेली देशहरूबाट निरन्तर सहयोग मागेका थिए।

ओटावा पुगेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जेलेन्स्कीलाई ओटावा विमानस्थलमा न्यानो स्वागत गरेका थिए । ‘मस्कोले हार्नेछ’, जेलेन्स्कीले संसदलाई सम्बोधन गर्ने क्रममा भने।

रुसको पराजय निश्चित रहेको उनले बताए।

युक्रेनी राष्ट्रपतिले क्यानडा सधैं इतिहासको उज्यालो पक्षमा रहेको बताए।

जेलेन्स्कीले क्यानडाको सहयोगले यस युद्धमा हजारौंको ज्यान बचाउन मद्दत गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै

एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा

क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा

एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा

इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्यो

एजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली

भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१

अमेरिकामा आँधीका कारण २० जनाको मृत्यु

एजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका

Techie IT