Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसले अमेरिका र पश्चिमा देशहरुलाई लगायो यस्तो आरोप !

रुसले अमेरिका र पश्चिमा देशहरुलाई लगायो यस्तो आरोप !


एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यसैबीच रुसले युक्रेन र युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी देशहरूमाथि ठूलो आरोप लगाएको छ ।

रुसले ब्ल्याक सीमा रहेको आफ्नो नौसैनिक आधारमा भएको आक्रमणमा युक्रेनका पश्चिमी देशहरुले सहयोग गरेको बताएको छ ।

रुसले बुधबार आरोप लगाएको छ कि गत हप्ता ब्ल्याक सी फ्लीट मुख्यालयमा मिसाइल आक्रमण गर्न युक्रेनलाई पश्चिमी देशहरुले सहयोग गरेका छन् ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भनिन्, पश्चिमी गुप्तचर निकायहरू, नेटोका भूउपग्रह र जासुसी विमानहरूबाट लिइएका तस्बिरहरू प्रयोग गरी आक्रमणको योजना र पूर्वसूचनामा र समन्वयमा आक्रमण गरिएको हो भन्ने कुरामा कुनै शंका छैन। अमेरिकी र बेलायती सुरक्षा एजेन्सीहरूसँगको सल्लाह र सुझावमा उक्त आक्रमण भएको कुरामा कुनै दुईमत छैन ।

मस्कोले लगातार आरोप लगाएको छ कि अमेरिका र यसको नाटो सहयोगीहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर र गुप्तचर प्रदान गरेर रसियाली प्रतिष्ठानहरूमा आक्रमणको योजना बनाउन मद्दत गरिरहेको छ । पश्चिमी देशहरु यस युद्धमा प्रभावकारी रूपमा संलग्न रहेको रसियाको आरोप छ ।

मिडिया रिपोर्टका अनुसार बेलायत र फ्रान्सले युक्रेनलाई आपूर्ति गरेको स्टर्म स्याडो मिसाइल मुख्यालयमा भएको आक्रमणमा प्रयोग गरिएको थियो।

बेलायतको रक्षा मन्त्रालयले रुसको आरोपमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनको दावीको विपरीत फ्लीट कमाण्डर एडमिरल भिक्टर सोकोलोभ अझै जीवित रहेको एक भिडियोले देखाएपछि यो आरोप लगाइएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT