Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनिज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती


एजेन्सी । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँ दिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशङ्करले मङ्गलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँ दिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानडाको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती पनि दिए ।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।

सन् अस्सीको दशकमा शिख बहुल पन्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रूप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधी गतिविधि गर्दै आएका छन् । रासस एएनआई

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

Techie IT