Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुरमा फेरि हिंसा भड्कियो, दुई युवाको हत्यापछि स्थिति बिग्रियो

मणिपुरमा फेरि हिंसा भड्कियो, दुई युवाको हत्यापछि स्थिति बिग्रियो


एजेन्सी । भारतको मणिपुरको राजधानी इम्फालमा लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन् । यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री एन वीरेन सिंहलाई दुई युवाको हत्यामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएका छन्।

मणिपुरमा अपस्फाअर्को छ महिनाको लागि विस्तार गरिएको छ।

तर, उपत्यकाका १९ प्रहरी चौकीलाई यो कानूनको दायराभन्दा बाहिर राखिएको छ ।

पूर्व र पश्चिम इम्फाल जिल्लामा फेरि कर्फ्यू लगाइएको छ।

पछिल्लो दुई दिनमा यी प्रदर्शनमा ६५ प्रदर्शनकारी घाइते भएका छन् ।

हत्याको अनुसन्धानमा सहयोग गर्न सीबीआईको टोली मणिपुर पुगेको छ । मुख्यमन्त्री वीरेनले यस विषयमा केन्द्र र प्रदेश सरकार निकै गम्भीर रहेको बताए । केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर यस विषयमा छानबिन गर्न सीबीआई टोली पठाउने बताए।

सीबीआईले इम्फाल पुगेर अनुसन्धान थालेको मुख्यमन्त्री वीरेनले बताए । तर, यो टोली कहाँ गयो भन्ने खुलाइएको छैन । गत जुलाई ६ मा दुई युवा बेपत्ता भएपछि विवाद सुरु भएको थियो र अगस्ट २८ मा सीबीआईलाई सुम्पिएको थियो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT