Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानीस्तानमा डुबेर ६ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

अफगानीस्तानमा डुबेर ६ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु


एजेन्सी । अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जनो तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ ।

विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । एक जना बालक घाइते भएका छन् ।

अफगानिस्तानमा युद्धकालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्वीडेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय, राष्ट्रसङ्घीय आपत्कालीन प्रतिकार्य कोष लागेका छन् ।

यसअघि अफगानिस्तानको नान्गाहार क्षेत्रमा पनि यस्तै घटनामा दुई दिदीबहिनीको मृत्यु भएको थियो । दक्षिणी प्रान्त कान्दाहारमा मे ९ मा भएको दोस्रो घटनामा एकै परिवारका तीन जना बालबालिकाले ज्यान गुमाएका थिए ।

पाकिस्तानको सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने दुईजनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।

खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नजिक रहेको वारिस उजन गाउँको माछा पोखरीमा छ जना बालबालिका खेल्दै गर्दा एक बालक चिप्लिएर पोखरीमा खसेपछि साथीलाई बचाउने प्रयासमा पाँचै बालबालिकाले पानीमा हाम फालेका थिए । घटनामा दुई दिदीबहिनीसहित थप तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईलाई स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा अस्पताल पु¥याएका थिए । पोखरीबाट तीन बालबालिकाको शव निकालिएको र चौथो शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिन्ध प्रान्तकै थारपार्कर जिल्लाको डिप्लो टाउन नजिकैको रानी भेरो गाउँमा यस्तै घटनामा दुई बालबालिकाको डुबेर मृत्यु भएको जियो न्यूजले जनाएको छ । पोखरी नजिक खेलिरहेका उनीहरू अचानक पानीमा खसेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT