सिक्किमको ल्होनाक हिमताल विस्फोटमा परि मृत्यु हुनेको संख्या ३८ पुग्यो
एजेन्सी। भारतको उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटमा परि मृत्यु हुनेको संख्या ३८ पुगेको छ। हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मानिसहरुको भत्यु भएको हो। अझै १८ सैनिकसहित ७८ जना हराईरहेका छन्।
बिहीबार साँझसम्म १८ जनाको मृत्यु भएको त्यहाँको राज्य सरकारले पुष्टि गरेको थियो। प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो।
धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। बाढीले बगाएर पश्चिम बंगालको तल्लो भेट बंगलादेशको सीमा नजिक पुर्याएका शवहरु पनि उद्धार गरिएको छ।
बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो। बाढीमा १८ भारतीय सैनिक अझै बेपत्ता छन्। भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिकको खोजी जारी राखेको छ।
हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित