Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरकेट हमलापछि इजराइली सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा

रकेट हमलापछि इजराइली सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा


एजेन्सी । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई) ले जनाएको छ ।

“इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ”, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, “इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।”

आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।

यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमालाको झण्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो ।

“यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेबारी बहन गर्नेछ”, आईडीएफले भनेको छ ।

यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमासद्वारा ६९ बन्दी मुक्त, विपिनको अवस्था अझै अज्ञात

एजेन्सी। इसराइलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ। इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको

यी हुन् हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची

एजेन्सी । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक

अमेरिकाले इजरायललाई थप हतियार नदिने !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई केही शर्तसहित सैन्य सहायता उपलब्ध गराउने विचार ‘सही’ भएको विश्वास व्यक्त गरेका

युक्रेनमा यसरी मारिए पुटिनका ३ अफिसर

एजेन्सी । युक्रेनमा तीन रुसी एफएसबी अफिसरलाई विष खुवाएर मारिएको रिपोर्ट बाहिर आएको छ । उनीहरुको खानामा आर्सेनिक र मुसाको

‘अझै दुई महिना युद्ध जारी रहनेछ… युद्धविरामपछि फेरि आक्रमण गर्नेछौं’

एजेन्सी । इजरायल र हमासबीच विगत ५० दिनदेखि युद्ध चलिरहेको छ । शुक्रबारदेखि चार दिनका लागि युद्ध बन्द भएको छ

नयाँ दिल्लीको प्रदूषणलाई २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ। जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट

Techie IT