Techie IT
२०८१ कात्तिक १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी

इरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी


एजेन्सी । इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

“राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ”, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ ।

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए । इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ । गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ ।

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ । “यो विजयी कारवाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ”, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, “म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो ।”

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो । त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजराइलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

एजेन्सी । उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका

युक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्यु

एजेन्सी । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । खार्किभका

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुग्यो

एजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुगेको उद्धारकर्मीले बताएका छन् । आँधी पछि आत्तिएर

पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले बताएका छन् । “आक्रमणका क्रममा

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

एजेन्सी । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश

इजरायली नयाँ निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग

एजेन्सी । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर शहरको ठुलो भाग खाली गर्ने चेतावनी सहितको निकारी आदेश जारी गरे

Techie IT