Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनोबेल पुरस्कारको कहिले र कसरी सुरुवात भयो ?

नोबेल पुरस्कारको कहिले र कसरी सुरुवात भयो ?


एजेन्सी । अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड–१९ विरुद्ध सफल एमआरएनए खोपको आविष्कार गर्ने दुई वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको पुरस्कार यही अक्टोबर २ (असोज १५) मा प्रदान गरेसँगै सुरु भएको थियो ।

त्यसको भोलिपल्ट कसरी इलेक्ट्रोनहरू सेकेन्डको सबैभन्दा सानो हिस्सामा परमाणुको चारैतिर घुम्छन् भन्ने शोधका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भयो ।

त्यसैगरी क्वान्टम डट्सको अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो । अक्टोबर ५ (असोज १८) मा नर्वेली लेखक जोन फोसेले साहित्यतर्फको नोबेल पुरस्कार जिते ।

त्यस्तै अर्को दिन इरानमा महिला र मानवअधिकारमाथि भएको दमनको विरोधमा अभियान चलाउनुभएकी र हाल बन्दी जीवन व्यतित गरिहेकी अधिकारकर्मी नार्गेस मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

यी सबै पुरस्कार आगामी डिसेम्बर १० मा प्रदान गरिनेछ ।

नोबेल पुरस्कारबारे केही थाहा पाउनुपर्ने कुराहरूः

डाइनामाइटभन्दा धेरै शक्तिशाली विचार
स्विडेनका रसायनशास्त्री एवं १९औँ शताब्दीका व्यवसायी अल्फ्रेड नोबेलले नोबेल पुरस्कार स्थापना गरेका हुन् । उनीसँग तीन सयभन्दा बढी पेटेन्ट थियो तर नोबेल पुरस्कार स्थापना गर्नुअघि उनले आविष्कार गरेको डाइनामाइटले ठूलो ख्याति कमाएको थियो ।

चाँडै नै निर्माण क्षेत्र र खानीका साथै हतियार उद्योगमा डाइनामाइट लोकप्रिय भयो । यसले नोबेललाई धेरै धनी बनायो । जीवनको आखिरी समयतिर उहाँले आफ्नो सम्पत्तिलाई वार्षिक पुरस्कार कोषका लागि प्रयोग गर्ने निर्णय गरे ।

उनको निधनको पाँच वर्षपछि सन् १९०१ मा पहिलो नोबेल पुरस्कार प्रदान गरियो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्कद्वारा अर्थशास्त्रका लागि छैटौँ पुरस्कार सिर्जना गरियो ।

प्राविधिकरूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई नोबेल विशुद्धतावादीहरूले नोबेल पुरस्कार नभने पनि यो पुरस्कार अन्य नोबेल पुरस्कारसँगै प्रदान गरिन्छ ।

नोबेल शान्ति पुरस्कार नर्वेमा
समग्ररूपमा स्पष्ट नभए पनि अल्फ्रेड नोबेलले शान्ति पुरस्कार नर्वेमा र अन्य पुरस्कार स्विडेनमा प्रदान गरिने निर्णय गरे । नोबेल इतिहासकारहरूले उनको यो निर्णय स्विडेनको सैन्यवादको इतिहास एउटा कारण हुनसक्ने आशङ्का गरेका छन् ।

नोबेलको जीवनकालमा स्विडेन र नर्वे एउटै सङ्घमा थिए । स्विडेनले सन् १८१४ मा आक्रमण गरेपछि नर्वेलीहरू अनिच्छुक हुँदै सङ्घमा सामेल भएका थिए । ‘राष्ट्रहरूको मेलजोल’ लाई प्रोत्साहित गर्न नर्वे सबैभन्दा उपयुक्त हुनसक्छ भन्ने नोबेलले सोचेको हुनुपर्छ ।

त्यस दिनदेखि आजसम्म नोबेल शान्ति पुरस्कार पूर्णरूपमा नर्वेली मामिला भएको छ । नोबेल शान्ति पुरस्कारको छनोट र घोषणा नर्वेली समितिले गर्छ । शान्ति पुरस्कार अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा नर्वेको राजधानी ओस्लोमा आफ्नै समारोहमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्टकहोममा प्रदान गरिन्छ ।

नोबेल पुरस्कारले राजनीतिक मैदानभन्दा माथि मानवताको हितमा मात्र जोड दिन्छ । तर विशेषगरी कहिलेकाहीँ शान्ति र साहित्यतर्फको पुरस्कारमा राजनीतिकरण भएको आरोप लाग्ने गरेको छ । उच्च प्रोफाइल पुरस्कारका लागि छानबिन तीव्र हुनसक्छ जस्तो कि पदभार ग्रहण गरेको एक वर्षभन्दा कम समयमा सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार प्राप्त गरे ।

नर्वेली नोबेल कमिटी एउटा स्वतन्त्र संस्था हो र अल्फ्रेड नोबेलको इच्छा पूरा गर्नु उसको एक मात्र मिसन हो । यद्यपि यो नर्वेको राजनीतिक प्रणालीसँग जोडिएको छ । कमिटीका पाँच सदस्य नर्वेली संसद्ले चयन गर्छ । त्यसैले कमिटीको संरचनाले संसद्को शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ ।

नोबेल शान्ति पुरस्कामा नर्वेको राजनीतिक नेताहरूले प्रभाव पार्छन् भन्ने धारणाबाट बच्न नर्वेली सरकार वा संसद सदस्यहरूलाई कमिटीमा राख्न निषेध गरिएको छ । यति हुँदाहुँदै पनि उक्त कमिटीलाई विदेशी मुलुकहरूले सधैँ स्वतन्त्ररूपमा लिँदैनन् ।

जेलमा रहेका चिनियाँ शासनबाट असन्तुष्ट लिउ जियाओबाले सन् २०१० को नोबेल शान्ति पुरस्कार जित्दा बेइजिङले नर्वेसँगको व्यापार वार्ता रोकेर प्रतिक्रिया दिएको थियो । नर्वे–चीन सम्बन्ध पुनःस्थापित हुन कयौँ वर्ष लाग्यो ।

सुन र महिमा
धेरै मात्रामा नगदका साथ प्राप्त हुनाले यो पुरस्कार यति लोकप्रिय हुनुको एउटा कारण हो । पुरस्कारको प्रबन्ध गर्ने नोबेल फाउन्डेसनले यस वर्ष पुरस्कारको राशि १० प्रतिशतले बढाएर एक करोड १० लाख क्रोनर (करिब १० लाख अमेरिकी डलर) बनाएको छ ।

यसका साथै डिसेम्बर १० मा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमासमेत प्राप्त गर्नेछन् ।

अल्बर्ट आइन्स्टाइनदेखि मदर टेरेसासम्मको नोबेल पुरस्कार विजेताको सूचीमा परेका कारण अधिकांश नोबेल पुरस्कार पाउनेहरूले आफूलाई गौरवान्वित र विनम्र महसुस गर्छन् । तर दुई विजेताले पुरस्कार लिन अस्वीकार गरेका थिए । फ्रान्सेली लेखक जाँ पल सात्रले सन् १९६४ मा साहित्यतर्फको पुरस्कार अस्वीकार गरेका थिए भने अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरसँग साझा गरेर सन् १९७३ मा प्रदान गरिएको शान्ति पुरस्कार भियतनामी राजनीतिज्ञ लि डक थोले लिन अस्वीकार गरेका थिए ।

जेलमा रहेकाले धेरैले उक्त पुरस्कार ग्रहण गर्न सकेका छैनन् । रुस र युक्रेनका मानवअधिकारवादीहरूसँग साझारूपमा गत वर्ष शान्तितर्फको पुरस्कार पाएका बेलारुसका प्रजातन्त्रवादी नेता एलेस बियालियात्स्कीले बेलारुसको जेलमा रहेकाले ग्रहण गर्न सकेका थिएनन् ।

विविधताको अभाव

ऐतिहासिकरूपमा नोबेल पुरस्कार पाउनेहरूमा श्वेत मानिसहरूको बहुमत छ । यद्यपि अहिले त्यसमा परिवर्तन हुन थालेको छ । विशेषगरेर विज्ञानको श्रेणीमा नोबेल पुरस्कार पाउनेहरूमा थोरै मात्र विविधता छ ।

सोमबारको पुरस्कार घोषणासँगै विज्ञान श्रेणीमा २८ गरी हालसम्म कूल ६४ महिलाले उक्त पुरस्कार प्राप्त गरेका छन् । पाँच महिलाले भौतिकशास्त्रतर्फ र तीन महिलाले अर्थशास्त्रतर्फ पुरस्कार प्राप्त गरेका छन् । यस वर्षको नोबेल पुरस्कार विजेतामध्ये चार जना महिला थिए ।

नोबेल पुरस्कारका प्रारम्भिक दिनहरूमा विजेताहरूबीचको विविधतालाई सामान्यतया वैज्ञानिकहरूबीचको विविधताको कमीलाई व्याख्या गर्न सकिन्थ्यो । तर अहिले आलोचकहरूले उत्तर अमेरिका र युरोपबाहिरका महिला र वैज्ञानिकहरूले गरेको कामलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पुरस्कार कमिटीले राष्ट्रियता र लिङ्गका आधारमा नभई वैज्ञानिक आधारमा निर्णय लिइने गरेको बताएको छ । यद्यपि उनीहरूले आलोचनालाई नजरअन्दाज गरेका छैनन् । पाँच वर्षअघि रोयल स्विडिस एकेडेमी अफ साइन्सले आफ्नो मनोनयनमा महिला वा अन्य जाति तथा राष्ट्रियताका मानिसलाई बेवास्ता नगर्ने भनी सुनिश्चित गर्न मनोनयन गर्ने संस्थासँग सोध्न सुरु गरेको बताएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

Techie IT