Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको बाइडेनको भनाइ

अमेरिकाले हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको बाइडेनको भनाइ


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरुको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए ।

किर्बीले सीएनएनसँगको कुराकानीमा भने, “यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन सक्नुहुन्न । हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

असी वर्षीय बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरेपनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन् । सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन् ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मङ्गलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

नेतन्याहूसँग उनीहरूले ‘इजरायलका लागि अमेरिकी समर्थन’ र ‘इजरायलमाथिको यस आक्रमणको फाइदा उठाउन अन्य शत्रु शक्तिहरूलाई रोक्न’ प्रयासहरूबारे छलफल गर्नेछन् । इरानले हमासलाई समर्थन गर्दछ र यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकू समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिवद्धताबाट स्पष्ट हुन्छ ।

बाइडेनले स्थानीय समय अनुसार अपराह्न १ बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीहरूले इजरायली हवाई आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ, यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू रहेका छन् । उनीहरूलाई एक सङ्गीत महोत्सवमा पक्राउ गरिएको थियो जहाँ करिब २७० जनाको मृत्यु भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT