Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु


एजेन्सी । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ ।

पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतङ्कवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए । सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मङ्गलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानको सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर सालेहीको मृत्युदण्डको सजाय

तेहरान । इरानको सर्वोच्च अदालतले र्‍यापर सालेहीको मृत्युदण्डको सजाय उल्ट्याको छ । महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा

गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि

एजेन्सी । इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ

भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट

उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको कारागार सजाय

एजेन्सी । बइरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको

भारतकाे पश्चिम बंगालमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ । भारतको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको

Techie IT