Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल-हमास युद्ध: हमासका आतंककारीहरूद्वारा बाथरुममा लुकेका मानिसहरूकाे निर्मम हत्या

इजरायल-हमास युद्ध: हमासका आतंककारीहरूद्वारा बाथरुममा लुकेका मानिसहरूकाे निर्मम हत्या


एजेन्सी । इजरायल र हमास युद्ध भएको आठ दिन बितिसकेको छ । गएको शनिबार आतंकवादी संगठन हमासले इजरायलको सीमामा प्रवेश गरी नरसंहार गरेको थियो ।

हमासले बालबालिका, वृद्धवृद्धा र महिलालाई समेत नछोडेको मिडिया रिपोर्टमा उल्लेख छ ।

जो उनीहरुको अगाडि आउँछन्, उनीहरुको निर्मम हत्या गरेको बताइएको छ ।

हमासका आतंककारीहरूको क्रूरताका डरलाग्दो घटना बाहिर आइरहेका छन्।

ती मध्ये, आतंकवादीहरूले भीषण नरसंहार गरेको संगीत महोत्सवको भिडियो पनि बाहिर आएको छ।

इजरायली रक्षा बलले सोशल मिडिया प्लेटफर्म एउटा भिडियो पोस्ट गरेको छ। उक्त भिडियोमा केही आतंककारीहरूले संगीत महोत्सव परिसरमा राखिएको बाथरूममा गोली प्रहार गरिरहेको देखाइएको छ।

आतंकवादी हमलाबाट बच्न यीमध्ये धेरै मानिस लुकेर बसेको बताइएको छ । तर, उनीहरुलाई आतंकवादीहरूले निर्मम हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उक्त संगीत महोत्सवमा भएको आतंकवादी हमलामा २६० जनाको ज्यान गएको थियो भने त्यहाँबाट धेरै मानिसहरुको अपहरण भएको थियो ।

हजारौं मानिसहरू गाजा नजिकैको किबुट्ज रिम नजिक पार्टीमा उपस्थित थिए । प्यालेस्टिनी बन्दुकधारीहरूले घटनास्थलमा आक्रमण गरी उनीहरुको हत्या गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

Techie IT