Techie IT
२०८० मंसीर २३, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियप्यालेस्टिनीले गाजा छाड्न थाले : इजराइली सेना

प्यालेस्टिनीले गाजा छाड्न थाले : इजराइली सेना


एजेन्सी । इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उनले भने ।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

“हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ”, उनले भने, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद छ ।”

उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनले बनायो विश्वको सबैभन्दा गहिरो प्रयोगशाला, २.५ किलोमिटर गहिराईमा के…

एजेन्सी । चीनले संसारको सबैभन्दा गहिरो र सबैभन्दा ठूलो भूमिगत प्रयोगशाला तयार गरेको छ। यस प्रयोगशालामा चिनियाँ वैज्ञानिकहरूले पनि काम

गाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृत

एजेन्सी । गाजामा हमास र इजरायलबीच विगत दुई महिनादेखि जारी युद्ध चलिरहेको छ । यसैबीच, गाजा स्ट्रिपमा तत्काल युद्धविरामको प्रस्ताव

सोरान विश्वविद्यालयको छात्रावासमा भीषण आगलागी, १४ जना विद्यार्थीको

एजेन्सी । उत्तरी इराकको सोरानमा एउटा ठूलो दुर्घटना भएको छ । सोरान विश्वविद्यालयको छात्रावासमा भीषण आगलागी भएको छ । उक्त

इजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिए

एजेन्सी । इजरायलले अस्थायी युद्धविरामपछि गाजामा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली आक्रमणका कारण गाजामा आक्रोश छ । इजरायली सैनिकहरू

यमनको हुथी समूहद्वारा इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमण

एजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीको बीचमा, यमनको हुथी समूहले इजरायलको इलात शहरको सैन्य पोस्टहरूमा धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको

अमेरिकाको नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, आक्रमणकारीको पनि…

एजेन्सी । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु

Techie IT