Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिनेछैनौं’

‘कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिनेछैनौं’


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई थप बलियो बनाएर लैजाने कुरामा सहमति भएको बताएका छन् ।

गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

कोशीमा मुख्यमन्त्री बनाउने विषयमा गठवन्धनभित्र समस्या आएपछि उनले नेपाली काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता शेखर कोइरालासँग वार्ता गरेका थिए ।

उनले भने “कहिलेकाही गठवन्धभित्रका पार्टीभित्र पनि अलि वादविवाद हुन्छ नै । त्यो वादविवादले गठवन्धनलाई झन बलियो बनाएर लैजानेछ ।”

उनले भने“आज विहान मात्रै काँग्रेस सभापति शेरवहादुर देउवा र नेता शेखर कोइरालासँग म आफै बैठक बसेर एउटा समझदारी बनाएको छु । गठवन्धनलाई बलियो बनाउने कुरामा हामीवीच समझदारी बनेको छ । कुनै पनि हालतमा गठवन्धनलाई कमजोर हुन दिनेछैनौं ।”

उनले भने, “नयाँ समझदारी अन्तर्गत कोशी प्रदेशमा कार्की (केदार कार्की) मुख्यमन्त्री हुनुभएको छ, त्यो हामी सवैको मुख्यमन्त्री हो । त्यसकारण त्यो समस्या जसरी सोचिएको थियो, त्यो केही होइन । मिडियामा जसरी चर्चा परिचर्चा गरिएको थियो त्यस्तो हैन । आज भएको सहमतीले गठवन्धनलाइ अझ वलियो वनाउन सहयोग पुग्नेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT