Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलमा हमासको आक्रमणः सबैभन्दा शक्तिशाली गुप्तचर एजेन्सी मोसाद किन असफल भयो ? यी हुन् तीन कारण

इजरायलमा हमासको आक्रमणः सबैभन्दा शक्तिशाली गुप्तचर एजेन्सी मोसाद किन असफल भयो ? यी हुन् तीन कारण


एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली र उत्कृष्ट गुप्तचर निकाय असफलताको धेरै कारणहरु केलाइएका छन् । सिमानामा कैयौं फिट अग्लो काँडे पर्खाल बुलडोजरले भत्काइयो । जस्तो कि यो दुई देश छुटाउने सिमाना होइन कसैको घरको पर्खाल हो जसलाई भत्काइदैछ । इजरायलमा एक दुई होइन पाँच हजारभन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको छ । केही बेरमै सडकमा शवको थुप्रोमा शव थुप्रिएझैँ देखियो । अहिलेसम्मकै सबैभन्दा खतरनाक मानिएको इजरायल–प्यालेस्टाइन युद्धले मानवतालाई अँध्यारो पारिरहेको देखिएको अधिकारीहरु बताउँछन् ।

सबैभन्दा अचम्मको कुरा के छ भने जब इजरायलको इन्टेलिजेन्स युनिट र विश्वकै उत्कृष्ट खुफिया एजेन्सी मोसादलाई यस हमलाको बारेमा प्रश्न सोधिएको थियो, एजेन्सीले ‘यो कसरी भयो थाहा छैन’ भन्ने जबाफ दिएको थियो । कुनै चरमपन्थी सङ्गठनका आक्रमणकारीहरू कुनै देशमा प्रवेश गरी आक्रमण गर्ने, निर्दोष मानिसको हत्या गर्ने र त्यहाँको गुप्तचर निकायले आक्रमणको अनुमानसमेत नगरेको भनाइमा अलि अचम्म लाग्छ।

आक्रमणको केही दिनअघि अमेरिकाले इजरायललाई हमलाको चेतावनी दिएको थियो तर कुनै कारबाही गरेको थिएन । अमेरिका र इजिप्टका गुप्तचर निकायले इजरायललाई चेतावनी दिएको धेरै मिडिया रिपोर्टमा दाबी गरिएको छ । तर, इजरायलले इजिप्टको दाबीलाई ध्यान नदिएको बताइएको छ । इजरायलसँग सबैभन्दा शक्तिशाली वायु रक्षा प्रणाली पनि रहेको बताइएको छ । यस्तो अवस्थामा इजरायलले चेतावनी दिए पनि यो हमला किन रोक्न सकेन र मोसाद किन असफल भयो भन्ने धेरै प्रश्न उठ्छन् ।

पहिलो कारण: इलेक्ट्रोनिक उपकरणहरूमा निर्भरता

मोसाद आफ्नो सञ्चालनको लागि इलेक्ट्रोनिक उपकरणहरूमा निर्भर गर्दछ। यो खुफिया एजेन्सीले मोबाइल फोन, ल्यान्डलाइन, रेडियो सेट र रडार फ्रिक्वेन्सीको व्यापक प्रयोग गर्छ। यो विश्वास गरिन्छ कि हमास आतंकवादीहरूले आफ्ना शीर्ष कमाण्डर र एकअर्कासँग कुराकानी गर्न इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरेनन्। यस्तो अवस्थामा मोसादको असफलताको एउटा कारण यो पनि हुनसक्छ भन्न सकिन्छ ।

दोस्रो कारण: हमासलाई कमजाेर मूल्याङ्कन गर्नु

इजरायलले गाजाका धेरै प्रवेश बिन्दुहरू ओगटेको छ। युद्धको घोषणापछि इजरायलले सबै चौकी बन्द गरेको छ । इजरायलले नाकाबन्दी लिँदा हमासको क्षमतालाई कम मूल्याङ्कन गरेको मानिन्छ। थप रूपमा, इजरायलले इरान समर्थित हिजबुल्लाहलाई ठूलो खतराको रूपमा हेरेको छ। यसैबीच हमासले आक्रमणको तयारी गरेको थियो जुन मोसादले अनुमान गर्न सकेन।

तेस्रो कारणः हमासलाई अन्य देशबाट समर्थन प्राप्त

हमासका आतंककारीहरूले जमिन, समुद्र र आकाशबाट आक्रमण गरेका थिए। सीमा पार गर्न हमासका आतंककारी प्याराग्लाइडिङ गरेर इजरायल प्रवेश गरेका थिए । गाजामा हमासका आतंककारीहरूले तालिम लिन सक्ने कुनै पनि हवाई पट्टी नभएको मानिन्छ। यस्तो अवस्थामा हमासका आतंककारीहरूले इरान वा अन्य कुनै सहयोगी राष्ट्रबाट तालिम लिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

हतियार र प्याराग्लाइडिङ तालिममा लाग्ने समयले पनि आक्रमणको तयारी निकै लामो समयदेखि भइरहेको देखाउँछ । किनकी हमासलाई अन्य देशबाट समर्थन मिलेको हुन सक्छ, त्यसैले पनि मोसादको खुफिया असफल भएको छ ।

आतंकवादी संगठनहरूले यस्तै आक्रमणहरू गर्छन्। उनीहरूलाई थाहा छ कि उनीहरू अन्ततः शक्तिशाली देशसँगको लडाइमा हार्नेछन्, तर तिनीहरूको उद्देश्य आतंक फैलाउनु र मनोवैज्ञानिक युद्ध गर्नु हो। इजरायलको पहिले नै यस्तो प्रतिष्ठा छ कि उसले आफ्ना आक्रमणकारीहरूलाई छोड्दैन। तर हमासका आतंककारीहरूले इजरायलमा फैलाएको आतंक आफैंमा उनीहरूका लागि विजय हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमासद्वारा ६९ बन्दी मुक्त, विपिनको अवस्था अझै अज्ञात

एजेन्सी। इसराइलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ। इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको

यी हुन् हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची

एजेन्सी । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक

अमेरिकाले इजरायललाई थप हतियार नदिने !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई केही शर्तसहित सैन्य सहायता उपलब्ध गराउने विचार ‘सही’ भएको विश्वास व्यक्त गरेका

युक्रेनमा यसरी मारिए पुटिनका ३ अफिसर

एजेन्सी । युक्रेनमा तीन रुसी एफएसबी अफिसरलाई विष खुवाएर मारिएको रिपोर्ट बाहिर आएको छ । उनीहरुको खानामा आर्सेनिक र मुसाको

‘अझै दुई महिना युद्ध जारी रहनेछ… युद्धविरामपछि फेरि आक्रमण गर्नेछौं’

एजेन्सी । इजरायल र हमासबीच विगत ५० दिनदेखि युद्ध चलिरहेको छ । शुक्रबारदेखि चार दिनका लागि युद्ध बन्द भएको छ

नयाँ दिल्लीको प्रदूषणलाई २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ। जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट

Techie IT