Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

इजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण


एजेन्सी । स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ ।

“पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतङ्कवादीलगायत कयौँ आतङ्कवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवाहीको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।”

सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धुलोको बाक्लो बादल उडेको थियो । सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको सुरुमा इजराइलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहोर्याएपछि पछिल्लो आक्रमण भएको हो ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दुकधारीहरूको भीडले इजराइलमा घुसपैठ गरी एकहजार चार सय मानिसलाई मारेको थियो । मारिनेहरूमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले दुई सय २४ भन्दा बढीलाई बन्धक बनाएको छ ।

इजराइलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा दुई हजार नौ सय १३ बालबालिकासहित कम्तीमा सात हजार २८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजराइल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो । रासस एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

Techie IT