Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्री बीच भेट

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्री बीच भेट


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ । विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुबैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन्। उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलामा सबैभन्दा पछिल्लो खुट्किलो हो । पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ ।

राष्ट्रपति बाइडेन र मन्त्री वाङ बीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए । प्रवक्ता जोन किर्बीले बताए अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन्।

यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन ।

यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वाशिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुर्‍याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताउँनु भएको सिन्ह्वाले जनाएको छ ।

चीनका राष्ट्रपति सीले चीन ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीतरजीत सहयोग’ को तीन सिद्धान्तहरूमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

‘विश्वका दुई ठूला देश चीन र संयुक्त राज्य अमेरिकाले राज्यरराज्य अन्तरक्रियाको सही मार्ग पत्ता लगाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा विश्व शान्ति, विकास र मानवजातिको भविष्यमा आधारित छ,’ राष्ट्रपति सीले उल्लेख गर्नु भएको छ ।

उनले भने, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगका तीन सिद्धान्तहरूमा आधारित पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन, भिन्नतालाई सही ढङ्गले व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास गर्न चीनले अमेरिकी पक्षसँग मिलेर काम गर्न इच्छुक छ।

अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ ।

दुई देश बीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वाशिङ्टन आउनु भएको हो । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ । रासस /एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT