Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमुकेश अम्बानीलाई फेरि आयो ज्यान मार्ने धम्की, यस पटक २०० करोडको माग

मुकेश अम्बानीलाई फेरि आयो ज्यान मार्ने धम्की, यस पटक २०० करोडको माग


एजेन्सी । भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई लगातार दोस्रो दिन ज्यान मार्ने धम्की आएको छ ।

यसपटक पनि उनले धम्कीपूर्ण इमेल पाएका छन् जुन पहिले जस्तै इमेल आइडीबाट पठाइएको थियो ।

यसपटक मुकेश अम्बानीसँग ज्यान मार्ने धम्की दिएका अज्ञात व्यक्तिले २०० करोड भारु माग गरेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

यसअघि मुकेश अम्बानीका सेक्युरिटी इन्चार्जले शुक्रबार साँझ मुकेश अम्बानीलाई शार्प शूटरले गोली हानेर मार्ने धम्की दिएको इमेल प्राप्त भएको प्रहरीलाई जानकारी दिएका थिए ।

त्यसको सट्टामा उनीसँग २० करोड रुपैयाँ असुली मागेको थियो ।

घटनाको गम्भीरता बुझेर गमदेवी प्रहरीले तत्काल अनुसन्धान थालेको थियो । अहिले उनलाई फेरि त्यही इमेल आइडीबाट ज्यान मार्ने धम्की आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT