Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा दुई रेल एक आपसमा ठोक्किदाँ ९ जना यात्रुको मृत्यु

भारतमा दुई रेल एक आपसमा ठोक्किदाँ ९ जना यात्रुको मृत्यु


एजेन्सी । भारतको आन्ध्र प्रदेशको भिजियानगरममा आइतबार साँझ भएको रेल दुर्घटनामा ९ जना यात्रुको मृत्यु भएको छ र २९ यात्रुहरू घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र अस्पतालहरूमा उपचार भइरहेको छ।

हावडा चेन्नई लाइनमा विशाखापट्टनम रायगडा प्यासेन्जर स्पेशल ट्रेनले विशाखापट्टनम पलासा प्यासेन्जर एक्सप्रेसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

कान्तकपल्ले र अलामान्डा रेलवे स्टेशनहरू बीचको ठक्करका कारण दुबै रेलहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।

कम्तीमा पाँचवटा डिब्बा पटरीबाट खसेका छन् । यसका कारण पनि उद्धारकार्यमा समस्या भएको बताइएको छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार रायगडा जाँदै गरेको रेल सिग्नल नाघेको र मानवीय त्रुटिका कारण दुर्घटना भएको हो ।

अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसले रेल मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, पछाडिबाट ठोक्किएको ट्रेनको चालकले कथित रूपमा सिग्नल मिस गरेको र रातो संकेत पार गरेका थिए। जसका कारण सुस्त गतिमा गुडिरहेको लोकल ट्रेनसँग ठोक्कियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु

एजेन्सी । लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा…

एजेन्सी । चीनमा बालबालिकालाई बिरामी बनाउने रहस्यमय निमोनिया अहिले युरोप र अमेरिकासम्म पुगेको छ । विश्वका ९ वटा देशमा निमोनियाका

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको नयाँ मुद्दामा फसेका छन् । यस्तो अवस्थामा उनलाई जेलबाट छिट्टै निस्कन गाह्रो हुने

सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु, हालसम्म…

एजेन्सी । सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ । इजरायली सेनाको बमबारीका कारण गाजामा हालसम्म

भारतको गुजरातमा नक्कली सिरप खाँदा ५ जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको

Techie IT