Techie IT
२०८२ असोज २६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा ४०० अमेरिकी नागरिक फसेका छन्, बाइडेनले भने–सबैलाई सकुशल बाहिर निकाल्नेछाैँ

गाजामा ४०० अमेरिकी नागरिक फसेका छन्, बाइडेनले भने–सबैलाई सकुशल बाहिर निकाल्नेछाैँ


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट अमेरिकी नागरिकलाई बाहिर निकाल्न प्रतिबद्ध रहेको बताएका छन् । उनले धेरै अमेरिकी नागरिक गाजाबाट रफा क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेको बताए ।

आगामी दिनहरूमा त्यहाँ फसेका सबै नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने उनले बताए ।

गाजामा करिब ४०० अमेरिकी नागरिक फसेका छन् । उनका परिवारका सदस्य पनि उनीहरुसँगै छन् ।

गाजाबाट घाइते प्यालेस्टिनी र विदेशी नागरिकको बाटो सुरक्षित गरेको उनले बताए ।

ती नागरिकहरू रफा क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्ने उनले जानकारी दिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले पछि एक पत्रकार सम्मेलनमा भने, गाजामा करिब ४०० अमेरिकीहरू छन्, ‘उनीहरुसँग हामी सम्पर्कमा छौं। ती मानिसहरू गाजा छोड्न चाहन्छन्।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT